थप ८ सय ५ मा कोरोना संक्रमण, ८ जनाको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय पुगेको छ।

बिहीबार ९११ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर १५ हजार ९४२ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ७ हजार २ सय ६४ पीसीआर तथा ३ हजार ४ सय ८ एन्टिजेन परीक्षण भएको छ।

असोज २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्