तान्जानियाका उपन्यासकार गुरनाहलाई नोबेल साहित्य

काठमाडौँ- साहित्यतर्फको सन् २०२१ को नोबेल पुरस्कार यस वर्षका लागि तान्जानियाका उपन्यासकार अब्दुल रजाक गुरनाहले पाएका छन्।

नोबेल पुरस्कार कमिटीले बिहीबार साहित्यतर्फको नोबेल पुरस्कार गुरनाहलाई अर्पण गर्ने घोषणा गरेको हो।

७३ वर्षीय गुरनाहले प्याराडाइज, डेजरसनलगायत १० वटा उपन्यास र केही कथाकृति प्रकाशित गरिसकेका छन्।

सन् १९४८ मा जन्जिवारमा जन्मिएका गुरनाह इङ्ल्याण्डमा शरणार्थीको रुपमा हुर्किएका हुन्।

उनलाई विजेता घोषणा गर्दै नोबेल समितिले गुरनाहका कृतिमा उपनिवेशका प्रभाव तथा संस्कृति र महादेशको भिन्नताले शरणार्थीको भाग्य कसरी लेखिन्छ भनेर यथार्थ चित्रण गरेको भन्दै पुरस्कृत गरिएको उल्लेख गरेको छ।

यसअघि बुधबार कमिटीले रसायनतर्फको नोबेल पुरस्कार एक जर्मन र एक अमेरिकी वैज्ञानिकहरुलाई दिने घोषणा गरेको थियो। त्यस्तै, यस वर्षका लागि चिकित्सा र भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार पनि घोषणा भइसकेको छ।

असोज २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्