विद्यार्थीको अफ्ठेराका बारेमा लेखिएको उपन्यास ‘कखरा’ सार्वजनिक

कवि, गीतकार तथा शिक्षक हरिहर तिमिल्सिना लिखित शैक्षिक उपन्यास ‘कखरा’ लोकार्पण भएको छ। बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रम आयोजना गरी उपन्यास सार्वजनिक भएको हो।

सिकाइ समूहले प्रकाशन गरेको पुस्तकलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव हरिप्रसाद लम्साल, आख्यानकार नयनराज पाण्डे, शिक्षिका मल्लिका जोशी, शिक्षाविद् मुकुन्द शर्मा  तथा विभिन्न कलेजका विद्यार्थीहरुले संयुक्त रुपमा विमोचन गरे।

विशेषगरी नेपालको शिक्षा प्रणालीमा भएको अव्यवस्थित पाटोको बारेमा उपन्यासले प्रकाश पारेको पुस्तक विमोचन गर्ने विद्यार्थीले बताएका छन्। यो पुस्तक विशेषगरी विद्यार्थी, शिक्षक तथा अभिभावकहरुले पढ्नुपर्ने उनीहरुले बताए।

आख्यानकार नयनराज पाण्डेले शिक्षाले बिराएको बाटो पहिल्याउनका लागि उपन्यास उपयोगी भएको बताए। लेखक आफैले भने उपन्यास अभिभावक, शिक्षक, विद्यालयको अनावश्यक दबाब र पेलानको मारमा परेका विद्यार्थीको भावनामा आधारित रहेको बताए।

असोज २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्