आर्यन खान अझै १४ दिन हिरासतमै रहने

शाहरुख खानका छोरा आर्यन खानलाई अझै १४ दिन न्यायिक हिरासतमा राखिने भएको छ। ‘मेट्रोपोलियन म्याजिस्ट्रेट कोट’ ले ड्रग्स मुद्दामा पक्राउ परेका आर्यन र अन्य ७ जनालाई अनुसन्धानको लागि अझै १४ दिन हिरासतमा राख्ने निर्णय गरेको हो।

आर्यन खानका वकिलले उनकाे रिहाइको लागि निवेदन दिएका छन्।

लागूऔषध मुद्दामा पक्राउ परेका उनलाई आइतबार समुन्द्री किनारमा क्रुज शीपमा भएको रेव पार्टीमा छापा मार्ने क्रममा प्रहरीले पक्राउ गरेको थियो।

उक्त घटनामा भारत प्रहरीको नार्कोटिक्स कन्ट्रोल व्यूरो (एनसिबी) ले अन्य ७ जनालाई पनि पक्राउ गरेको थियो। अनुसन्धानको लागि ७ अक्टोबरसम्म हिरासतमा रहने भनिए पनि थप १४ दिन हिरासतमा रहने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

असोज २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्