प्रदेश १ मा गत २४ घण्टामा १७० जना कोरोना संक्रमणमुक्त

मोरङ – प्रदेश १ मा गत २४ घण्टामा १ सय ७० जना कोरोना संक्रमणमुक्त भएका छन्।

विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबार ८३ महिला र ८७ पुरुष संक्रमणमुक्त भएका हुन्।

यसक्रममा झापाबाट ८४, सुनसरीबाट ३८, मोरङबाट ३३, धनकुटा र इलामबाट समान १, र ठेगाना नखुलेकाबाट ३ जथा संक्रमणमुक्त भएका हुन्।

यससँगै प्रदेशमा हालसम्म कोरोनाबाट १ लाख १ हजार ७ सय ६ जना संक्रमुक्त भइसकेका छन्। जसमा ४३ हजार ९ सय ६४ महिला र ५७ हजार ७ सय ४२ पुरुष छन्।

त्यसैगरी, शुक्रबार प्रदेशका विभिन्न स्थानमा १ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयले प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको ८ सय २७ जनाको पीसीआर परीक्षणमा १ सय ४७ र १ सय ७६ एन्टिजेन परीक्षणमा १४ जनाको रिपोर्ट पोजिटिभ पुष्टि भएको जनाएको छ।

मन्त्रालयले पीसीआर परीक्षणमा मोरङमा ६८, सुनसरीमा ४९, झापामा २७, इलाममा २ र उदयपुरमा १ जनामा संक्रमण देखिएको हो। मोरङको विराटनगरमा ३६, पथरीशनिश्चरेमा १०, सुन्दरहरैचामा ७, बुढीगंगामा ६, बेलबारीमा ४, लेटाङ, कानेपोखरी, कटहरी, उर्लाबारी र केराबारीमा १ जनामा संक्रमण देखिएको छ।

त्यसैगरी, सुनसरीको इटहरीमा ३१, धरानमा ५, इनरुवामा ४, दुहवीमा ३, बराहक्षेत्र र रामधुनीमा समान २, गढी र देवानगञ्जमा समान १ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

मन्त्रालयले पहाडी क्षेत्रतर्फ इलाम नगरपालिका र चुलाचुलीमा समान १ र उदयपुरको त्रियुगामा १ जनामा संक्रमण देखिएको जनाएको छ। त्यसैगरी, प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ महिला र ३ पुरुषको मृत्यु भएको छ। मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म २ हजार ७२ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ।

असोज २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्