दसैँमा आयो ‘दोहोरी साँझमा छिरिसकेसी… ‘

काठमाडौँ-  दसैँको अवसर पारेर रामकुमार नेपाली र पूर्णकला बिसीको स्वरमा नयाँ लोकदोहोरी ‘दोहोरी साँझमा छिरिसकेसी… ‘ बजारमा आएको छ।

१५ मिनेटको लोकदोहोरी प्रस्तुतिमा राजेश ढुंगाना, पुस्कर रेग्मी, रेशम फिरिरी, रुक्मिला अधिकारी, कमल अधिकारी, ऋतु तामाङ, रीना थापामगर, आरजु विश्वकर्मा, भीम केसी, सन्तोष मगरातीलगायतको अभिनय छ।

प्रेम कटवालको शब्द रहेको यस सिर्जनामा बीबी अनुरागीले म्युजिक भरेका हुन्।

शिव बिकेले निर्देशन गरेको लोकदोहोरीको सिनेमाटोग्राफी अजय रेग्मीले गरेका हुन् भने कन्सेप्ट सन्दीप दुलालको हो।

असोज २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्