‘शिक्षा क्षेत्रमा आमूल परिवर्तन आवश्यक छ’

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न आफ्नो प्रयत्न रहने बताएका छन्।

मन्त्रालयमा शुक्रबार कार्यभार सम्हाल्दै मन्त्री पौडेलले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्दै आमूल परिवर्तनका लागि आफ्नो प्रयत्न रहने बताए।

उनले आफूले देश र जनताको पक्षमा शिक्षा क्षेत्रबाट हुनुपर्ने काम गर्ने र अहोरात्र खटेर परिणाम निकाल्ने बताए।

उनले भने, ‘शिक्षाका समस्या छन्। देश र जनताको पक्षमा शैक्षिक क्षेत्रबाट हुनुपर्ने कामका निम्ति अहोरात्र खटेर परिणाम निकाल्ने प्रयत्न गर्नेछु।’

उनले शैक्षिक बेरोजगारको समस्या समाधानका निम्ति आफ्नो अधिकतम प्रयत्न रहने उल्लेख गरे।

 

असोज २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्