‘चिसो मान्छे’ अर्को बैशाखमा प्रदर्शन हुने

काठमाडौँ– दीपेन्द्रकुमार खनालको चलचित्र ‘चिसो मान्छे’ ले प्रदर्शन मिति तय गरेको छ। २०७९ सालको बैशाख ३० गते चलचित्र प्रदर्शन हुने चलचित्रका निर्देशक, लेखक खनालले जनाएका छन्। चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी छन्।

चलचित्र छायाँकन शुरु भएकै दिन चलचित्रले २०७८ सालको भदौ ११ लाई प्रदर्शन मिति घोषणा गरेको थियो। तर कोभिड महामारीले यो चलचित्रको छायाँकनलाई पनि प्रभावित पार्‍यो। चलचित्रको अधिकांश छायाँकन बाजुरामा गरिएको छ।

चलचित्रमा स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य अभिनय रहेको छ भने देशभक्त खनाल, आशान्त शर्मा, झकेन विसीलगायतका कलाकारहरु रहेका छन्।

निर्देशक खनालले यो चलचित्रलाई घाममा नखिचिने बताएका थिए। खनालले योभन्दा अगाडि शुपति प्रसाद’ र ‘आमा’ लगायत चलचित्र निर्देशन गरिसकेका छन्।

असोज २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्