लिनियरफ्लक्सका उत्पादनको माग नेपाली बजारमा बढ्दो

काठमाडौँ– आईएमएस ग्रुपले नेपाली बजारमा ल्याएको लिनियरफ्लक्स हाइपरसोनिक वायरलेस हेडफोन, एनर्जाइजर पावर बैंक तथा क्रेन ह्युमिडिफायर र एयर प्युरिफायरको माग बढ्दो छ। ग्राहकहरुको बढ्दो रुचि र मागका कारण कम्पनीले स्मार्ट डोको तथा अन्य अनलाइन प्लेटफर्ममा यी सामग्रीहरु बिक्रीका लागि उपलब्ध गराएको छ।

आईएमएसले दसैँ अफरका रुपमा स्मार्ट डोकोलगायत अन्य ई–कमर्श साइट तथा आईएमएस लिटल स्माइल्स शोरुमहरु दरबार मार्ग र सिटी सेन्टरमा यी सामानहरु १५ देखि २५ प्रतिशत फ्ल्याट डिस्काउन्टमा खरिद गर्न सकिने जनाएको छ। कम्पनीका अनुसार यी उत्पादन अनलाइनका साथसाथै अफलाइन बजारमा समेत उपलब्ध छ।

आईएमएसले यी तीनवटै अमेरिकी ब्रान्डको नेपालका लागि आधिकारिक वितरकको जिम्मेवारी पाएको हो।

लिनियरफ्लक्स हाइपरसोनिक हेडफोन

लिनियरफ्लक्स बिट्स (बाइ डा ड्रे) तथा मोन्सटर प्रडक्ट्सका इञ्जिनियरहरुद्वारा स्थापना गरिएको ट्रु वायरलेस, हाइपर डेफिनिशन तथा उत्कृष्ट अडियोको अनुभव प्रदान गर्ने अमेरिकी हेडफोन निर्माता ब्रान्ड हो।

यसको उत्पादन लिनियरफ्लक्स हाइपरसोनिक एक्टिभ लाइफस्टाइलका लागि तयार पारिएको हो। सन् २०१४ मा पहिलोपटक सार्वजनिक हुनुअघि यो डिभाइस २ वर्षसम्म अनुसन्धान र विकासको चरणमा रहेको थियो।

यी उत्पादन लेडी गागा, डा ड्रे, पफ ड्याडी, ब्ल्याक आइड पीज, फार इस्ट मुभमेन्ट, जे चोउ तथा वन्डर गल्र्स जस्ता थुप्रै संगीत जगतका हस्तीहरुले प्रयोग तथा परीक्षण गरिसकेका छन्।

यसमा संगीतको स्पष्टता तथा सुधारिएको बेसका लागि डीएल०१ इमर्सिभ साउन्ड सिस्टम समावेश गरिएको छ। पानी नछिर्ने (वाटर रेजिस्टेन्ट) फिचर रहेको यो डिभाइसलाई वायरलेस रुपमा चार्ज गर्न सकिन्छ।

दुई रंगको नरम इयर–टिप्सयुक्त यो इयरफोनले न्वाइज क्यान्सिल गरी बेस तथा अन्या डाइनामिकहरुको अनुभव स्पष्ट रुपमा गर्न मद्दत पुर्‍याउँछ। नेपालमा यो डिभाइस स्मार्ट डोको, दराज तथा आईएमएसका लिटल स्माइल्स शोरुमहरुमा डिस्काउन्टपश्चात नौ हजार ९९० रुपैयाँमा उपलब्ध छ।

एनर्जाइजर पावर बैंक र कार चार्जर

अमेरिकी ब्रान्ड एनर्जाइजर विश्वकै ठूलो प्राइमरी ब्याट्री, ब्याट्रीबाट चल्ने पोर्टेबल डिभाइस तथा पोर्टेबल फ्ल्यासलाइटलगायतका उत्पादक कम्पनी हो। यो पावर सोलुसन प्रदायकका रुपमा पनि विश्वमा चर्चित छ।

एनर्जाइजरले रिचार्ज गर्न मिल्ने पोर्टेबल डिभाइसका लागि निर्माण गरेको पावर बैंक नेपालमा आईएमएस ग्रुपले आधिकारिक रुपमा उपलब्ध गराएको हो। स्मार्टफोन तथा अन्य डिभाइसमा भरपर्दाे पावर प्रदान गर्ने फिचरयुक्त पावर बैंक पनि स्मार्ट डोको, दराज अनि अरु अनलाइन तथा आईएमएस लिटल स्माइल्स शोरुमबाट २५ प्रतिशत छुटमा किन्न पाइने व्यवस्था गरिएको छ।

क्रेन ह्युमिडिफायर

अमेरिकाकै प्रख्यात ह्युमिडिफायर ब्रान्ड क्रेनले ह्युमिडिफायरका साथमा एयर प्युरिफायर, टावर फ्यान, हिटर तथा सुगन्ध फैलाउने अरोम डिफ्युजरलगायतका उत्पादनहरु निर्माण गर्दछ।
यो ब्रान्डका उत्पादनले अलगअलग समय र स्थानहरुमा जेपीएमए इनोभेसन अवार्ड, ट्राभल ह्युमिडिफायर अवार्ड, एनसीडब्लू इको एक्सलेन्सलगायतका थुप्रै अवार्डहरु जितिसकेको छ। खोकी, सुक्खा हावा, डम, नवजात शिशुहरु, सांगीतिक प्रस्तुति, घरपालुवा जनावर तथा घुर्ने समस्या साथै कोठामा भएको व्याक्टेरिया भाइरसलाई ९९.९ प्रतिशतले मारेर कोठाको हावालाई स्वासप्रश्वासयोग्य बनाउँछ। क्रेन ब्रान्डका यी सामग्रीहरु पनि स्मार्टडोको, दराज, अन्य अनलाइन तथा आईएमएसका लिटल स्माइल्स शोरुमहरुमा १५ प्रतिशतको छुटमा खरिद गर्न सकिनेछ।

असोज २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्