ताइवानसँग ‘पुनः एकीकरण’ गर्नैपर्छ : चिनियाँ राष्ट्रपति सी

फाइल फोटो।

चीनका राष्ट्रपति सी जिनपिङले ताइवानसँगको ‘पुनः एकीकरण’ प्रक्रिया पूरा गर्नुपर्ने बताएका छन् ।

ताइवानसँगको एकीकरण प्रक्रिया शान्तिपूर्ण रुपमा प्राप्त गर्नुपर्ने उनले बताएका छन्। तर उनले चिनियाँ नागरिकसँग पृथकतावादको विरोध गर्ने ‘सम्मानित परम्परा’ रहेको चेतावनी पनि दिए।

चिनियाँ राष्ट्रपति सीको टिप्पणीको जवाफमा ताइवानको राष्ट्रपति कार्यालयले आफ्नो देशको भविष्य आफ्ना नागरिकको हातमा रहेको बताएको छ।

ताइवान आफूलाई स्वतन्त्र सार्वभौम देश मान्छ। तर चीन भने ताइवान आफ्नो छुट्टिएको प्रान्तको रुपमा लिने गरेको छ।

चीनले ‘पुनः एकीकरण’ को प्रक्रियामा बल प्रयोगको सम्भावना खारेज गरेको छैन। हालै १५० वटा चिनियाँ सैनिक विमान ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेका थिए। त्यसले तनाव थप बढेका बेला चिनियाँ राष्ट्रपति सीले चिनियाँ क्रान्तिको ११० औँ वर्षगाँठका अवसरमा गरेको सम्बोधनमा ‘पुनः एकीकरण’ को प्रक्रिया पूरा गर्नुपर्ने बताएका हुन्।

असोज २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्