काठमाडौँ – दसैँका लागि गृहजिल्ला जानेहरुको भीड बढेसँगै काठमाडौँका मुख्य नाकाहरुमा यात्रुबसको चाप बढेको छ । गाडीहरुको लामो लाइनले घण्टौँसम्म जाम हुने गरेको छ ।

गाडीको चाप बढेका बेला साँघुरो बाटोमा सवारी साधन बिग्रिँदा थप समस्या हुने गरेको छ ।

काठमाडौँ भित्रिने र बाहिरिने यात्रुको संख्या विश्लेषण गर्दा अहिलेसम्म औपचारिक रुपमा एक लाख बढी यात्रु काठमाडौँबाट बाहिरिएका छन् । प्रहरीको अभिलेखभन्दा बाहिरबाट समेत यात्रु बाहिरिएका छन् ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले आइतबार काठमाडौँको थानकोट क्षेत्रमा गाडीको लामो लाइन र जामका केही तस्बिर खिचेकी छन् ।