सानिमा बैंक अब ललितपुरको मंगलबजार र बालकुमारीमा

काठमाडौँ– सानिमा बैंक लिमिटेडले असोज आइतबार ललितपुरको मंगलबजार र बालकुमारीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।

मंगलबजार कार्यालयको उद्घाटन ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल र ज्यापू समाज ललितपुरका अध्यक्ष तीर्थलाल महर्जनले एक समारोहबीच गरेका थिए।

यस्तै, बालकुमारी कार्यालयको उद्घाटन ललितपुर महानगरपालिका–८ का अध्यक्ष हेम महर्जन, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछ्यं र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यद्वारा गरिएको थियो।

उद्घाटन समारोहमा सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दद्वारा बंैकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे। सानिमा बैंकको देशका सातै प्रदेशमा ११४ कार्यालय र ९७ वटा एटीएम सञ्चालित छन्।

असोज २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्