मेगा बैंकको ई–कमर्स कारोबारमा विशेष फेस्टिभल अफर

काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेडले दसैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरी भिसा डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारमा विशेष फेस्टिभल अफर ल्याएको छ।

मेगा बैंकले डेबिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारको १० प्रतिशत वा बढीमा ५ सयसम्म क्यासब्याक र क्रेडिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारको १५ प्रतिशत वा १ हजारसम्म क्यासब्याकको अफर ल्याएको हो।

यसैगरी, मेगा बैंकमा खाता खोली पहिलोपटक ई–कमर्स कारोबार गर्ने डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारको २० प्रतिशतसम्म वा २ हजारसम्म क्यासब्याक सुविधा दिइने भएको छ।

असोज २४ बाट कात्तिक २४ गतेसम्म सञ्चालन हुने यस अफर योजनामा सबैभन्दा बढी कारोबार गर्ने ५ जना डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई उपहार कार्डको व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ।

यसैगरी, चाडपर्वभर मेगा बैंकले इ–कमर्स कारोबारमा कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरेको छ। चाडपर्वको उपहारस्वरूप यस अफर ल्याइएकाले नजिकको शाखा कार्यालयमा गई खाता खोलेर डेबिट तथा क्रेडिट कार्डमार्फत क्यासब्याकको लाभ लिन मेगा बैंकले आग्रहलाई अनुरोध गरेको छ।

असोज २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्