जेए ग्रुपद्वारा ट्राफिकलाई २०० थान ज्याकेट, स्वास्थ्य शिविर र छात्रवृत्ति

काठमाडौँ – जेए ग्रुपका संस्थापकहरूले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसर पारेर महानगरीय ट्राफिक प्रहरी ललितपुरलाई २ सय थान ट्राफिक सुरक्षा ज्याकेट हस्तान्तरण गरेका छन्।

संस्थापक अनारदेवी श्रेष्ठ, जिज्ञासा अर्याल र श्रेसा शाक्यले संयुक्त रूपमा वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्यलार्ई आइतबार हस्तान्तरण गरे।

उनीहरूले नेपालीहरूको महान् चाडको अवसरमा ट्राफिक प्रहरीसँग शुभकामना आदानप्रदानसमेत गरेका थिए। उनीहरूले ट्राफिक प्रहरीको सुरक्षाको निम्ति अन्य ट्राफिक कार्यालयलाई समेत सुरक्षा ज्याकेट उपलब्ध गराउने जानकारी दिए।

समाजसेवी अनारदेवी श्रेष्ठलगायतले १० वर्षदेखि सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा विपन्नलाई सहयोग गर्दै आएका छन्। जेए ग्रुपका संस्थापक अनारदेवी श्रेष्ठले सिन्धुपाल्चोकस्थित शारदा माध्यमिक विद्यालयाका जेहेन्दार तथा गरिब विद्यार्थीलाई वार्षिक रूपमा छात्रवृत्ति उपलब्ध गराउँदै आएकी छन् ।

जेए ग्रुपले डाक्टर सन्चो क्लिनिकमार्फत ललितपुरको हात्तीवन तथा हरिसिद्धि क्षेत्रमा समय समयमा निःशुल्क स्वास्थ शिविर सञ्चालन गरी निशुल्क औषधिसमेत वितरण गर्दै आएको छ। संस्थाले केही दिनअघि ४० जना वृद्धवृद्धा र ९० जना बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो।

युवा उद्यमी जिज्ञासा अर्यालले सेवाअनलाइनसमेत सञ्चालन गरिरहेकी छन्। सेवा अनलाइनले विदेशमा छोराछोरी भएका र स्वदेशमा भएका बूढाबूढी बाआमालाई बिरामी हुँदा न्यूनतम शुल्कमा अस्पताल ल्याउने–लैजाने सेवा दिँदै आएको डा सन्चो क्लिनिकका निर्देशक जेन श्रेष्ठले जानकारी दिए।

जेए ग्रुपले भविष्यमा भौतिक पूर्वाधारमा समेत लगानी गर्ने जनाएको छ।

असोज २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्