कांग्रेस महामन्त्री खड्काको कोरोना रिपोर्ट नेगेटिभ

फाइल तस्बिर।

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का कोरोना संक्रमणमुक्त भएका छन्।

नेपाल एपीएफ अस्पतालले आइतबार विज्ञप्ति जारी गर्दै खड्काको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको जनाएको छ।

एपीएफ अस्पतालका अनुसार उनी कोभिड १९ निमोनियाका कारण असोज १२ गते उपचारका लागि अस्पताल भर्ना भएका थिए।

खड्काको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र हाल स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ।

रिपोर्ट नेगेटिभ आए पनि हाल उनी अस्पतालमै उपचाररत छन्।

असोज २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्