प्रदेश १ मा थपिए ११० जना कोरोना संक्रमित, २११ जना संक्रमणमुक्त

मोरङ– पछिल्लो २४ घण्टामा प्रदेश १ मा ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको ५ सय ८८ पीसीआर परीक्षणमा १ सय ३ जना र ९७ एन्टिजेन परीक्षणमा ७ जनाको रिपोर्ट पोजेटिभ आएको हो।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा झापामा ४७, मोरङमा ३२, सुनसरीमा १५, धनकुटा र तेह्रथुममा समान २, इलाममा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण पुष्टि भएको हो।

यसक्रममा झापाको विर्तामोडमा १२, कनकाईमा १०, दमकमा ७, बुद्धशान्ति र मेचीनगरमा समान ६, शिवसताक्षीमा ३, कमल गाउँपालिकामा २, भद्रपुरमा १ जनामा संक्रमण देखिएको छ।

त्यसैगरि मोरङको विराटनगरमा २४, सुन्दरहरैंचामा ३, रंगेली, पथरीशनिश्चरे, बेलबारी, उर्लाबारी र ग्रामथानमा समान १ जनामा संक्रमण पुष्टि भएको छ।

पहाडीक्षेत्रतर्फ धनकुटाको छथरजोरपोटी र महालक्ष्मीमा समान १, तेह्रथुमको आठराईमा २, इलामको मांसेबुङमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

यस्तै गत २४ घण्टामा प्रदेशभर २ सय ११ जना कोरोना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार १ सय २४ महिला र ८७ पुरुष कोरोना संक्रमणमुक्त भएका हुन्। यसक्रममा मोरङमा ९३, झापामा ७९, सुनसरीमा ३४, पाँचथरमा २, धनकुटा, संखुवासभा र तेह्रथुममा समान १ जना संक्रमणमुक्त भएका हुन्।

हालसम्म कोरोना संक्रमणबाट प्रदेशमा ४४ हजार २ सय ३१ महिला र ५७ हजार ९ सय ६५ गरी कुल १ लाख २ हजार १ सय ९६ जना निको भएको मन्त्रालयले जनाएको छ।

यस्तै प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

असोज २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्