मुक्तिनाथ विकास बैंकले दियो प्रहरी कार्यालयलाई सामग्री

काठमाडौँ – मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत दुई छुट्टाछुट्टै कार्यक्रममा महानगरीय प्रहरी वृत्त दरबारमार्ग र महानगरीय प्रहरी वृत्त मालीगाउँसँग साझेदारीमा जनचेतनामूलक पर्ची, प्रहरी चेकिङका लागि बोर्ड, महत्वपूर्ण सम्पर्क नम्बर समेटिएका स्टिकर, मास्क लगाउन आग्रहमा लागि स्ट्यिान्डीजस्ता सामग्री हस्तान्तरण गरेको छ।

यस सहयोगबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै, यस सहयोगबाट सबै क्षेत्रका नागरिकको हितमा काम हुने र चाडपर्वका बेला अपराध नियन्त्रण तथा रोकथाममा केही सहयोग पुग्ने विश्वास लिएको छ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिजा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।

त्यसैगरी, मोबाइल बैंकिङ, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाका लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) जस्ता सेवा बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।

असोज २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्