विश्वकप छनौटमा ब्राजिल पहिलोपटक जितबिहीन

विश्वकप फुटबलको दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत ब्राजिल पहिलोपटक बराबरीमा रोकिएको छ । १० औँ खेलमा आएर ब्राजिल कोलम्बियासँग गोलरहित बराबरीमा रोकिएको हो ।

नेपाली समय अनुसार आइतबार राति भएको खेलमा ब्राजिल बराबरीमा रोकिएर अंक बाँड्न बाध्य भएको हो । कतारमा हुने विश्वकपका लागि छनौट चरणका ९ खेलमा जित निकालेको ब्राजिल १० औँ खेलमा आएर पराजित भएको हो ।

१० खेलबाट २८ अंकसहित ब्राजिल शीर्ष स्थानमा छ । कोलम्बिया ११ खेलबाट १५ अंकसहित पाँचौँ स्थानमा छ । अरु खेलमा भेनेजुएलाले इक्वेडरलाई २–१ तथा बोलिभियाले पेरुलाई १–० ले पराजित गरेका छन् ।

असोज २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्