बिर्तामोडका मासु व्यवसायीको धारिलो हतियार प्रहार गरी हत्या

सांकेतिक तस्बिर

झापा – गए राति झापाको बिर्तामोडमा मासु व्यवसायीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ।

इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका अनुसार घाँटी र हातमा धारिलो हतियार प्रहार गरी ती मासु व्यवसायीको हत्या गरिएको हो।
बिर्तामोड- ५ स्थित महानन्दचोकमा मासु पसल सञ्चालन गर्दै आएका अर्जुनधारा ६ कप्तानबारी घर भएका अन्दाजी ५० वर्षीय इन्द्रक़ुमार

मगरको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ।

पसलमै बसेको बेला राति करिब ८ बजे उनको हत्या भएको स्थानीयबासीले बताएका छन्।

पसलभित्र हत्या गरिएको मगरको घाँटी र पाखुरामा गहिरो चोट लागेको बिर्तामोडका प्रहरी प्रमुख डिएसपी सन्तोष आचार्यले बताए।
घटनाको अनुसन्धान भइरहेको उनले बताए।

असोज २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्