फ्रन्टलाइन हिरोजहरुलाई कोकाकोलाको ‘धन्यवाद’

काठमाडौँ- लोकप्रिय पेयपदार्थ कोकाकोलाले सबै प्रियजनहरुप्रति कृतज्ञता प्रदान गर्ने उद्देश्यले दसैँ अभियान लन्च गरेको छ। ‘धन्यवाद’ शीर्षक रहेको यस अभियानको मुख्य उद्देश्य भनेको महामारीको कठिन समयमा हाम्रा लागि साथीको रुपमा रहेका तथा सहयात्री रहेका उपभोक्ताहरुलाई एउटा कोकको बोटलको मार्फत धन्यवाद ज्ञापन गर्नु हो।

प्रहरी र थुप्रै गैरसरकारी संस्थाहरुले नेपालमा कोभिड-१९ विरुद्धको लडाइँमा आफ्नो महत्वपूणर् भूमिका निर्वाह गरेका छन्। दसैँ अभियानको एक हिस्साको रूपमा कोकाकोलाले स्वास्थ्य सेवा क्षेत्र, ट्राफिक जस्ता विभिन्न क्षेत्रका अग्रणी योद्धाहरुलाई समर्पित गरेर यसको अन-ग्राउन्ड एक्टिभेसन सुरू गरेको छ। फ्रन्टलाइन नायकहरुलाई उनीहरुले प्रदान गरेको समर्पण र समुदायको लागि दिएको सेवाको लागि कोकाकोलाको तर्फबाट ‘धन्यवाद’ व्यक्त गर्नु नै यसको उद्देश्य रहेको जनाएको छ। यो कृतज्ञता प्रदान गर्नको लागि कोकाकोलाले अग्रपंक्तिका नायकहरुलाई ‘धन्यवाद’ उपहार बाकस बाँडेको छ। यसमा नयाँ धन्यवाद लेबल गरिएको व्यक्तिगत कोकको बोतलहरुमा नाम अंकित गरिएको छ। साथै कोकाकोलाको कन्टुर ग्लास पनि यसमा समावेश रहेको छ।

पहिलो एक्टिभेसन चारवटा गैरसरकारी संस्थामा सफलतापूर्वक आयोजना गरिएको छ। महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्र, देशका युवाहरुको नेतृत्वमा रहेको हामी नेपाल, जनावरलाई उद्धार र वासस्थान प्रदान गर्ने स्नेह केयर र हर्टबिटमा उक्त कार्यक्रम आयोजना गरिएको हो। आगामी दिनहरुमा कोकाकोलाले देशको अग्रणी नायकहरुप्रति आभार प्रकट गर्नको लागि अस्पताल र ट्राफिक प्रहरीसहित धेरै संगठनहरुको भ्रमण गर्ने बताएको छ।

अन-ग्राउन्ड एक्टिभेसनबारे हामी नेपालका अध्यक्ष सुदन गुरुङले भने, ‘घरभित्रै सुरक्षित रहेर बसिरहने बेलामा पनि हाम्रो युवाहरुको टीमले साहसी भई स्वयंसेवकको रुपमा अरुलाई सहयोग पुर्‍याएको छ। महामारीको बेलामा, हामीले कोष उठाएका थियाैं, जसको माध्यमबाट हामीले अस्पतालको ओछ्यान, अक्सिजन ट्याङ्क र कन्सन्ट्रेटर खाँचोमा परेका मानिसहरुलाई प्रदान गर्‍यौंं। कोकाकोला नेपालद्वारा हाम्रो प्रयासलाई स्वीकार गरिएकोमा म र हामी नेपालको सम्पूर्ण टीम हाम्रो यात्रामा अझ बढी सशक्त र प्रेरित भएको महसुस गर्दछौं।’

अभियानको बारेमा कोकाकोला नेपालका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भने, ‘अग्रपंक्तिमा काम गर्ने व्यक्तिहरुले महामारीको विगत डेढ वर्षमा हाम्रो समुदायहरुमा अत्यन्तै महत्वपूणर् भूमिका खेलेका छन्। उनीहरु निडर भई जीवन बचाउन र सामान्य स्थितिलाई कायम राख्न लागिपरेका छन्। हामी उहाँहरुको सराहना गर्दछौं र उनीहरुको निःस्वार्थ प्रयासको सलाम गरी महामारीको समयमा उनीहरुको साहसी कार्यहरुको लागि धन्यवादज्ञापन गर्दछौँ। हाम्रो यो अन-ग्राउण्ड एक्टिभेसन उनीहरुप्रति कृतज्ञता देखाउन सम्पूर्ण हृदयले समर्पित रहेको छ।’

असोज २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्