नबिल बैंकले फेरि ल्यायो दसैँ भिडियो ‘नयाँ लुगा’

काठमाडौँ– नबिल बैंकले गतवर्ष तयार पारेको दसैँ भिडियोको अपार सफलतापश्चात् यस वर्ष पनि ‘नयाँ लुगा’ नामक दसैँको भिडियो सार्वजनिक गरेको छ। यस नयाँ भिडियो दसैँ मनाउन सहरमा बसोबास गर्ने र दसैँ मनाउन गाउँ फर्कने कथामा आधारित छ। यो कथा आम नेपालीहरुको आत्मकथा भएको बैंकले जनाएको छ।

भिडियोमा एकजना बाबा सहरमा जागिर गर्दछन्। घरबाट छोरीको फोन आउँछ, दसैँमा नयाँ कपडा ल्याइदिनु भनेर र। उनी छोरी एवं श्रीमतीको खुुसीका निम्ति दसैँ किनमेल गरेर गाउँ फर्किन्छन्। फर्किंदा, बाटो बिग्रेर जाममा पर्दछ तर परिवारको माया अनि खुसीको लागि उनी रातभरि हिँडेर गाउँ पुग्छन्। यो कथालाई भिडियोमा निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ।

घर पुग्दा छोरी, आमा अनि छोरीको साथीसमेत सबै जना खुसी भई दसैँ मनाउने तयारी गर्दछन् र अब जागिर खान सहर जाने होइन, गाउँमा नै केही गर्नु पर्दछ भन्ने सन्देश पनि भिडियोले दिएको छ।

यसैगरी दसैँको यस भिडियोले सकभर दसैँमा आफ्नो परिवारसँग भेटी सुरक्षितसाथ खुसी साटासाट गरौं भन्ने सन्देश सरल ढंगले दिएको छ। जसले पहिले जस्तै सबैको मन जित्नेछ भन्ने अपेक्षा बैंकले लिएको छ।

असोज २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्