शक्तिपीठहरुमा सिभिलले मास्क र स्यानिटाइजर वितरण गर्ने

काठमाडौँ– सिभिल बैंक लिमिटेडले दसैँको अवसरमा ‘सुरक्षित दसैँ मनाऔं’ भन्ने नाराका साथ आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम अगाडि ल्याएको छ।

वडा दसैँको नवाैं दिन अर्थात महानवमीमा भक्तजनहरुको मन्दिरहरुमा बाक्लो घुइँचो लाग्ने हुँदा कोरोना संक्रमणको जोखिम बढी हुने सम्भावनालाई मध्यनजर गर्दै बैंकले फेस मास्क तथा स्यानिटाइजर वितरण गर्ने भएको हो। बैंकले काठमाडौँको तलेजु भवानी, कालभैरव, नरदेवी तथा कन्केश्वरी अजिमा देवीको मन्दिर परिसरमा मास्क तथा स्यानिटाइजर वितरण गरिने बैंकले जनाएको छ।

यसले वडा दसैँमा श्रद्धालु भक्तजनमाझ कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न सघाउ पुर्‍याउने सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले बताएका छन्।

असोज २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्