सानिमा बैंक अब ललितपुरको मंगलबजार र बालकुमारीमा

काठमाडौँ– सानिमा बैंक लिमिटेडले एकैदिन ललितपुरको मंगलबजार र बालकुमारीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ।

मंगलबजार कार्यालयको उद्घाटन ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल र ज्यापू समाज ललितपुरका अध्यक्ष तीर्थलाल महर्जनले एक समारोहका बीच संयुक्त गरेका थिए।

त्यस्तै बालकुमारी कार्यालयको उद्घाटन ललितपुर महानगरपालिका–८ का अध्यक्ष हेम महर्जन, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछ्यों र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यले गरेका थिए।

उक्त अवसरमा सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका थिए।

सानिमा बैंकको देशका सातै प्रदेशमा ११४ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेका छन्।

असोज २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्