जम्मु–कश्मिरमा आतंकवादी हमलामा परेर पाँच जना भारतीय सेनाको मृत्यु

फाइल तस्बिर

भारतको जम्मु–कश्मिरमा आतंककारीसँग भएको मुठभेडमा भारतीय सेनाका पाँच जनाको मृत्यु भएको छ।

जम्मु–कश्मिरको पुन्छ जिल्लामा सेनाले चलाइरहेको आतंकवाद विरोधी अभियानका क्रममा आतंककारीको हमलामा परेर सेनाका एक अधिकृत र चार जवानसहित पाँच जनाले ज्यान गुमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उक्त क्षेत्रमा आतंकवादी रहेको सूचना पाएपछि सर्च अभियानमा गएको सेनाको टोलीमाथि हमला भएको थियो।

असोज २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्