काठमाडौँ उपत्यकामा २९५ जना कोरोना संक्रमित थपिए

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १९१, भक्तपुरमा २६ र ललितपुरमा ७८ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ७८५ जनामा संक्रमण पुष्टि भएको छ भने १२ जनाले ज्यान गुमाएका छन्।

सोमबार ८८८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १४ हजार ७८७ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ७ हजार २३३ पीसीआर तथा ४ हजार ९६२ एन्टिजेन परीक्षण भएको छ।

असोज २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्