मुगु बस दुर्घटना अपडेट

मुगु दुर्घटनाका १५ घाइतेको हेलिकप्टर र हवाईजहाजबाट उद्धार

मुगुमा दुर्घटनामा परेको बस।
मुगु बस दुर्घटनामा घाइते भएका १५ जनालाई उद्दार गरी नेपालगञ्ज लगिएको छ।

प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईका अनुसार ३ जनाको हेलिकोप्टरबाट र १२ जनाको हवाइजहाजबाट उद्दार गरी उपचारका लागि नेपालगञ्ज लगिएको हो।

घाइते एकजना बालिकाको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ।

नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर दुर्घटना भएको थियो। अप्ठ्यारो भिरालो बाटोका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

अहिले मृतकहरुको शव घटनास्थलबाट निकाल्ने काम भइरहेको छ।

असोज २६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्