दिल्लीमा २४ घन्टामा ३४ जनामा कोरोना, ज्यान गुमाउने शून्य

भारतको नयाँ दिल्लीमा पछिल्लो २४ घण्टामा ३४ जना कोरोना संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या शून्य छ।

पछिल्लो दुई दिनमा दिल्लीमा कोरोनाबाट कसैको पनि मृत्यु नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

हाललसम्म दिल्लीमा कोरोनाबाट २५ हजार ८९ जनाले ज्यान गुमाइसकेका छन्। पछिल्लो समय दिल्लीमा सक्रिय संक्रमितको संख्या समेत घटेको छ। हाल दिल्लीमा ३६५ जना सक्रिय संक्रमित छन्।

कोरोनाबाट दिल्लीमा हालसम्म १४ लाख ३९ हजार २५२ जना संक्रमित भएका छन्।

असोज २६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्