अपडेट

मुगु बस दुर्घटनाः ज्यान गुमाउनेको संख्या २८ पुग्यो

मुगुमा दुर्घटनामा परेको बस।

सिमकोट– मुगुमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको  संख्या २८ पुगेको छ।

२४ जनाको घटनास्थलमै र चार जनाको उद्धार गरी उपचारको लागि लैजाने क्रममा मृत्यु भएको डिएसपी चित्रबहादुर भट्टराईले जानकारी दिए। उनका अनुसार अहिले पनि उद्धार कार्य जारी छ।

प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरीका डिएसपीसहितको टोली अहिले पनि घटनास्थलमा रहेको उनले जानकारी दिए।

नेपालगञ्जबाट मुगुको गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस सडकबाट अन्दाजी साढे दुई सयमिटर तल खसेको हो।

दुर्घटनास्थल जुम्ला–मुगु सडकखण्ड अन्तर्गत मुगुको राराछायानाथ–७ पिनातपने खोलामा सञ्चार सम्पर्क कमजोर रहेकाले विस्तृत विवरण आउन कठिन भएको हो।

‘दुर्घटनास्थल सदरमुकामबाट साढे दुई घण्टाको पैदल दूरीमा रहे पनि मौसमका कारण सञ्चार सम्पर्क हुन सक्ने अवस्था छैन। उद्धार प्रयासमा यसले समस्या भएको छ’, उनले भने।

असोज २६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्