काठमाडौँ उपत्यकामा २८७ जना कोरोना संक्रमित थपिए

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २८७ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १९३, भक्तपुरमा ४३ र ललितपुरमा ५१ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा देशभर ७९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १४ जनाले ज्यान गुमाएका छन्।

मंगलबार ९१० जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १४ हजार ५५४ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ७ हजार ६० पीसीआर तथा २ हजार ५५९ एन्टिजेन परीक्षण भएको छ।

असोज २६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्