एकीकृत समाजवादीका अध्यक्ष नेपाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि फ्रान्सेली राजदूत गिलिस बोरबावबीच आज साँझ भेटवार्ता भएको छ।

कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

उक्त भेटमा दसैंको शुभकामना आदानप्रदान गरिएको थियो।

असोज २६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्