ओपोद्वारा नयाँ कलरओएस १२ सञ्चालन घोषणा

काठमाडौँ– ओपोले आफ्नो नयाँ कलरओएस १२ सञ्चालन प्रणालीको आधिकारिक घोषणा गरेको छ। यसमा प्रयोकर्तालाई स्टक एण्ड्रोइड १२ को जस्तै अभूतपूर्व अनुभव प्रदान गर्ने सोचका साथ कलरओएस १२ मा समावेशी यूआई, सटिक पर्फरमेन्स, दैनिक कार्य सम्पादन क्षमतामा वृद्धिका साथै काम—दैनिकी सन्तुलनमा सघाउने फिचर्सहरु पनि समाहित गरिएको ओपोले जनाएको छ।

सार्वजनिक गरिएसँगै ओपोले कलरओएस १२ पब्लिक बिटा आफ्ना विश्वका प्रयोगकर्ताका लागि उपलब्ध गराएको छ। यससँगै ओपो, एण्ड्रोइड १२ प्रयोगमा ल्याउने पहिलो ओईएमहरुमध्ये एक बनेको छ। पहिलो चरणमा इन्डोनेसिया, थाइल्यान्ड र मलेसियामा फाइन्ड एक्सथ्री प्रोमार्फत उपलब्ध गराइने यस प्रणालीलाई क्रमबद्ध रुपमा अन्य देश तथा क्षेत्रमा आउँदा महिनाहरुमा उपलब्ध गराउँदै लैजाने योजना रहेको ओपोले बताएको छ।

उसले ६८ देशमा आफ्नो उपस्थितिसँगै ४४० मिलियन प्रयोगकर्ताका जीवनको अभिन्न अंगका रुपमा कलरओएस १२ को निर्माण गरिँदा समावेशीतालाई विशेष प्राथमिकतामा राखेको जनाएको छ। ओपोको इन्फाइनाइट डिजाइन कन्सेप्टमा आधारित भई हल्कापन, सफा र परिमार्जनका लागि लचिलोपनलगायत गुणसहितको नयाँ ओएसले अझ समावेशी अनुभव प्रदान गर्ने विश्वास गरिएको छ। यसमा विभिन्न भाषा तथा संस्कृतिमैत्री सरल आइकन्स, एनिमेसन्स र सूचनामूलक फ्रेमवर्कका साथै विभिन्न फोनको फरम्याट्सका अनुसार अनुकूलनीय ढाँचा पनि प्रदान गरिएको छ।

प्रयोगकर्तालाई समान, सहज र निर्वाध अनुभव प्रदान गर्नु ओपोको आरएण्डडी एण्ड इन्नोभेशनको प्रमुख उद्देश्य रहँदै आएको छ। नयाँ कलरओएस १२ ले तिनका साथै कम्फर्ट र टिकाउपनमा पनि उत्तिकै महत्व दिइएको छ। यसमा प्रयोग गरिएको एन्टी फ्राग्मेन्टेशन र इन्टेलिजेन्ट रिसोर्स एलोकेशनले गर्दा यसको सिस्टम एजिंग रेट तीन वर्षमा अत्यन्त न्यून २.७५ प्रतिशत, औषत ३० प्रतिहत न्यून मेमोरी अधिभोग र २० प्रतिशत कम व्याट्री खपत रहेको छ।

प्रयोगकर्ताको उत्पादकत्वमा वृद्धि दिने सोचका साथ यसमा पीसी कनेक्ट, गुगल लेन्सद्वारा सञ्चारित थ्री–फिंगर ट्रान्सलेट, फ्लेक्सड्रप र फोन म्यानेजरलगायत प्रयोगात्मक फिचरहरु पनि उपलब्ध गरिएको ओपोले जनाएको छ।

गोपनीयतालाई विशेष प्राथमिकता

ओपोले आफ्ना प्रयोगकर्ताका प्रतिक्रियाका आधारमा कलरओएसमा गोपनियतालाई विशेष प्राथमिकतामा राख्दै आएको बताएको छ। कलरओएस १२ मा एण्ड्रोइड १२ का प्राइभेसी ड्याशबोर्ड, एप्रोक्सिमेट लोकेशन शेयरिंग र माइक्रोफोन तथा क्यामेरा इन्डिकेटर्सलगायत सुदृढ सुरक्षा तथा गोपनीयता फिचर्स पनि उपलब्ध गराइको छ।

ओपो समूहबाट विकसित प्राइभेट सिष्टम, प्राइभेट सेफ, एप लकलगायत फिचर्स पनि उपलब्ध छन्। त्यसैगरी प्रयोगकर्ताका डाटा सुरक्षणार्थ सर्भर्स, सञ्चय र प्रसारणका लागि विशेष प्रोटोकलको व्यवस्था पनि गरिएका छन्।

एण्ड्रोइड डेभलपर्सका लागि खुल्ला ओएस

ओपोले ओपोको कलरओएसलाई एण्ड्रोइड डेभलपर्स फ्रेण्डली ओएस बनाउनु आफ्नो उद्देश्य रहेको बताएको छ। अल्ट्रा स्टिडी भिडियो सुटिंग, एचडीआर, सुपर वाइड–एंगललगायत ओपोका अग्रणी उत्कृष्ट क्यामेरा क्षमता जस्ता क्यामेरा एसडीकेहरुका साथै ओपोले आफ्ना हाइपरबुस्ट, कलर भिजन इन्ह्यान्समेन्टलगायत पनि एण्ड्रोइड इकोसिष्टमको विकास तथा थप परिस्कृतीकरणका लागि एण्ड्रोइड विकासकर्ताहरुमाझ खुल्ला गरिएको छ।

कलरओएस १२ रोलआउट योजना

पहिलो चरणमा ओपोले आफ्नो कलरओएस १२ पब्लिक बेटा इन्डोनेसिया, थाइल्यान्ड र मलेसियामा फाइन्ड एक्सथ्री प्रो फाइभजीमार्फत उपलब्ध गराएको छ । यसपश्चात क्रमशः अन्य देश तथा थप उपकरणहरुमा सन् २०२१ र २०२२ मा उपलब्ध गराउँदै लैजाने ओपोको योजना रहेको बताइएको छ। ११० मोडल्स र १५० मिलियन प्रयोगकर्ताका लागि कलरओएस १२ उपलब्ध गराउने कम्पनीको उद्देश्य रहेको जानकारी दिइएको छ।

असोज २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्