भाइबर र कोकाकोलाको साझेदारीमा ‘कस्टम दसैँ लेन्स’

काठमाडौँ– राकुटेन भाइबरले नेपाली भाइबर प्रयोगकर्ताहरूलाई प्रियजनसँग चाडपर्वको खुसीयाली, उल्लास, भर्चुअल शुभकामना र अन्तरङ्ग भावनाहरू साटासाट गर्न सजिलो बनाउनका लागि कोकाकोलासँगको साझेदारीमा कस्टम दसैँ लेन्स ल्याएको छ।

कोकाकोलासँगको सहकार्यमा भाइबरले कोकाकोला दसैँ लेन्स अन्य धेरै रोचक फिचरहरूमध्ये पहिलो भएको बताइएको छ।

भाइबर–काकोकाकोला दसैँ लेन्सले भाइबरका अन्य लेन्सहरू जस्तै AR–enabled video messaging and photos सेवा प्रदान गर्छ। राकुटेन भाइबर र कोकाकोलाबीचको यो सहकार्यले भाइबरका नेपाली प्रयोगकर्ताहरूका लागि आउँदा दिनहरूमा रोमाञ्चक फिचरहरू पस्कने लक्ष्य राखेको कोकाकोलाले जनाएको छ। कस्टम दसैँ लेन्सको प्रस्तुति भाइबर र कोकाकोलाको व्यावसायिक सहयात्राको पहिलो खुड्किलो हो।

भाइबरसँगको सहकार्यका सम्बन्धमा कोकाकोला नेपाल र भूटानका कन्ट्री डाइरेक्टर आदर्श अवस्थी भन्छन्, ‘यो दसैँमा कोकाकोला र भाइबरले पृथक, मनोरञ्जक र सान्दर्भिक लेन्सहरू प्रस्तुत गर्न हातेमालो गरेका छन्। हाम्रो पेयपदार्थले जस्तै यी लेन्सले पनि पक्कै प्रयोगकर्ताहरूका कुराकानीमा उत्साह, उमंग र ताजगी ल्याउने छन्। आफ्ना प्रियजनहरूप्रति कृतज्ञता व्यक्त गर्नुहोस् र कोकाकोलाको बोतल र भाइबर लेन्सको माध्यमबाट उहाँहरूलाई धन्यवाद दिनुहोस्।’

कुराकानीमा दसैँको रौनक थप्नको लागि

The Dashain Themed Lens – प्रयोगकर्ताहरूले च्याटमा भाइबरको क्यामेरा लन्च गरी उपलब्ध लेन्स छान्नुहोस्। आफ्नो कृतज्ञता, प्रेम व्यक्त वा क्यामेरामा अविस्मरणीय क्षण कैद गर्दै एक भिडियो वा तस्वीर लिनुहोस्।

राकुटेन भाइबरका बारेमा

विश्वका १९० वटा राष्ट्रमा प्रयोग हुने राकुटेन भाइबर विश्वभरका मानिसहरूबीचको सम्बन्ध सूत्र हो। भाइबरको विश्वव्यापी प्रयोगकर्ताहरूले one–on–one chats, video calls, group messaging, updates का साथै आफ्ना favorite brands र celebrities सँग छलफलजस्ता यावत् फिचरहरूको लाभ उठाउन सक्छन्। भाइबरले प्रयोगकर्ताहरूलाई आफ्ना भावनाहरू शेयर गर्नका लागि एक सुरक्षित र स्वतन्त्र वातावरणको सुनिश्चितता प्रदान गर्दछ।

असोज २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्