गायक यमन श्रेष्ठ भन्छन्ः गीत गाउनु भएन भने बुवालाई सन्चो छैन कि भन्ने लाग्छ

हाम्रो घरमा प्राय गीत, संगीत, कलाकै बढी कुरा हुन्छ। जस्तै म पहिला अमेरिकामा बस्दा पनि घरमा फोनमा कुरा हुँदा ठीक बेठीक सबै कुरा भइसकेपछि गीत संगीतकै बारेमा कुरा हुन्थ्यो। कुनै गीत लेख्या हुन्छ, लय सुनाउन मन लाग्छ। बुवा यसो हैन यसो गर भनेर सिकाउनु हुन्थ्यो। अनि बुवाले गीत गाएर सुनाउनु हुन्छ।

हाम्रो घरमा गीत संगीतको माहोल चाहिँ बढी छ। जस्तो घरमै बसिरहँदा पनि अहिले पनि भर्याङ चढेर माथि जानुहुन्छ। कहिले तल ओर्लिनु हुन्छ, बैठक कोठा जानुहुन्छ।

तर जहाँ जाँदा पनि गीत गाउँदै कहिले नारायण गोपालको, कहिले भक्तराज आचार्यको गीत, कहिले आफ्नै गीत गाउँदै बुवा हिँड्नु हुन्छ।

जब बुवाले गीत गाइराख्नु हुन्छ, बुवालाई सन्चो छ भन्ने फिल हुन्छ तर जब गीत गाउनु हुँदैन बुवालाई सन्चो भएन कि भन्ने लाग्छ।

अनि रमाइलो माहोल पनि छ। जस्तै अस्ति हामीलाई कोभिड भयो, त्यो समयमा मैले के रियलाइज गरेँ भने सन्चो त थिएन। हामी सबैलाई तर पनि त्यस्तो समयमा पनि कसरी हाँस्न सकिन्छ, कसरी इन्जोए गर्न सकिन्छ भनेर खोजिरहने गर्थ्यौँ।

यो पाली दशैँ एक हिसाबले रमाइलो नै होला जस्तो लाग्छ किनभने दुई वर्ष जति भयो खासै दशैँको रमझम भएको छैन। अब यो पाली चाहिँ अलि चहलपहल होलाजस्तो छ।

असोज २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्