नोटको जतनसाथ प्रयोग गर्न राष्ट्र बैंकको आग्रह

काठमाडौँ– नेपाल राष्ट्र बैंकले विशेषगरी दशैंलाई लक्षित गर्दै हरेक वर्ष नयाँ नोट सटही गर्छ। चाडपर्वमा नयाँ नोटको आवश्यकता पर्ने भएकाले मोटो रकम खर्च गरेर राष्ट्र बैंकले सानादेखि ठूला दरका नयाँ नोट सटही गर्छ।

दशैँ–तिहारका बेला नयाँ नोटहरु निकै प्रयोग हुन्छ। दक्षिण दिन देखि लिएर पूजाआजामा समेत प्रयोग गरिन्छ। जसले गर्दा नयाँ नोटमा रंग लाग्ने, पानी तथा दुधले नोट मैला हुन्छ। या भनौँ नोट बिग्रने तथा च्यातिन्छन्। जसले गर्दा नोटको आयु घट्छ। यसरी नयाँ नोटको आयु घट्दा पुनः अर्को दसैँमा नयाँ नोट बनाउनु पर्ने हुन्छ। जसले गर्दा खर्च बढ्छ।

सो खर्च मानिसहरुले बचाउन सक्छन्। त्यसका लागि नेपाल राष्ट्र बैंकले नोटलाई जतनसाथ प्रयोग गर्न आग्रह गरेको छ। बैंकले उक्त सूचनामा लेखेको छ, ‘नोट हाम्रो सम्पत्ति हो, नोट सभ्यताको प्रतिक हो, नोटलाई जतनसाथ प्रयोग गरौँ।’

यस्तै राष्ट्र बैंकले नोटको जतनका लागि ‘मनीब्याग’को प्रयोग गर्न आग्रह गरेको छ। राष्ट्र बैंकका अनुसार नोटमा केरमेट नगर्न, मैलो पार्ने कुनै काम नगर्न, सुकिला नोटको प्रयोग गर्ने बानी बसाल्न आग्रह गरेको छ।

यतिमात्र होइन, बैंकले कारोबारे भुक्तादनी दिँदा यथाशक्य विद्युतीय माध्यम, कार्य वा ई–वालेटको प्रयोग गर्न पनि अनुरोध गरेको छ।

नोटमा टाँचा वा स्टिच लगाउँदा नोट च्यातिने तथा स्टिच निकाल्न गाह्रो हुने र नोटको आयु समेत घट्ने भएकाले नोटको जतनसाथ प्रयोग गर्न राष्ट्र बैंकले अनुरोध गरेको हो। नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागमा प्रमुख रेवतीप्रसाद नेपालले जतनका साथ प्रयोग गरेकाक नेपाली नोटहरुको सरदर आयु साढे ३ वर्षमात्र रहेको जानकारी दिए ।

उनका अनुसार नोटलाई जतन गर्न मन्दिरमा सुख्खा नोटमात्रै चढाउने, नोट खामभित्र हालेर या डिजिटल वालेटबा दक्षिणा दिने, नोटलाई पटुका तथा थैलीमा खुम्च्याएर राख्नु हुँदैन।

उनले भने, ‘हिन्दु परम्परामा पूजाआजा गर्दा होस दक्षिणा दिँदा नोटमा टिका लगाउने चलन छ। रंगवाला हातले दिने, नोटमा टिका लगाउने गर्छन्। जसले गर्दा नोट बिग्रन्छ।। अझ गाउँघर तिर नोटलाई खुम्च्याएर राख्छन्। यसरी पनि बिग्रन्छ। त्यसैले यसो नगरौँ।’

यस्ता क्रियाकलापले नोट झुत्रा हुने तथा आयु घट्ने उनले बताए। जसका कारणले नोटको अभाव हुने र फेरी नयाँ नोट बनाउनु पर्ने हुन्छ।

जसका कारणले खर्च बढी लाग्छ। र झुत्रा नोट काम लाग्दैनन्। तर राष्ट्र बैंकले अहिले झुत्रा नोटलाई काम लाग्ने बनाएको छ। मुद्रा व्यवस्थापन विभागमा प्रमुख नेपालले झुत्रा नोटबाट ब्रिक्रेट बनाउने बताए।

तर यसो भन्दैमा नोटको जतन नगर्ने भने होइन। उनले नोटको जतन गर्नु सबै नागरिकको जिम्मेवारी रहेको बताए। राष्ट्र बैंकले दशैंतिहार र छठका लागि ३० अर्ब रुपैयाँ नयाँ नोट बजारमा पठाएको हो

असोज २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्