थप ३६५ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २ सय ६१ पुगेको छ।

बुधबार ६०९ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १४ हजार २६७ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ३ हजार ६ सय ७१ पीसीआर तथा १ हजार ९२३ एन्टिजेन परीक्षण भएको छ।

असोज २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्