काठमाडौँ उपत्यकामा १६३ जना कोरोना संक्रमित थपिए

काठमाडौँ– काठमाडौँ उपत्यकामा १६३ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १२२, भक्तपुरमा १२ र ललितपुरमा २९ जनामा संक्रमण पुष्टि भएको हो।

यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

बुधबार ६०९ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १४ हजार २६७ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ३ हजार ६ सय ७१ पीसीआर तथा १ हजार ९२३ एन्टिजेन परीक्षण भएको छ।

असोज २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्