प्रदेश १ मा गत २४ घण्टामा ११९ जना कोरोना संक्रमणमुक्त

मोरङ – प्रदेश १ मा गत २४ घण्टामा १ सय १९ जना कोरोना संक्रमणमुक्त भएका छन्।

सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार संक्रमणमुक्त हुनेमा ५७ महिला र ६२ पुरुष छन्। संक्रमणमुक्त हुनेमा मोरङबाट ७७, झापाबाट ३०, धनकुटाबाट ५, इलाम र खोटाङबाट समान २, पाँचथरबाट १, र ठेगाना नखुलेको २ जना छन्। मन्त्रालयले हालसम्म कोरोना संक्रमणबाट ४४ हजार ४ सय ९४ महिला र ५८ हजार १ सय ९६ गरी कुल १ लाख २ हजार ६ सय ९० जना निको भइसकेका छन्।

त्यसैगरी, बुधबार प्रदेशमा २८ जनामा संक्रमण पुष्टि भएको छ। प्रदेशको विभिन्न प्रयोगशालामा गरिएको १ सय १९ जनाको पीसीआर परीक्षणमा २२ र ६८ जनाको एन्टिजेन परीक्षणमा ६ जनाको रिपोर्ट पोजिटिभ आएको जनाएको छ।

पीसीआर परीक्षणका क्रममा सुनसरीमा १५, मोरङमा ४, झापामा २ र उदयपुरमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

सुनसरीको इटहरीमा ११, धरानमा ३ र रामधुनीमा १, मोरङको विराटनगर र सुन्दरहरैचामा समान २ जनामा संक्रमण देखिएको हो। प्रदेशमा हालसम्म ४५ हजार ५ सय ६८ महिला र ६० हजार १९ जना पुरुष गरी कुल १ लाख ५ हजार ५ सय ८७ जनामा संक्रमण भइसकेको छ।

त्यसैगरी, प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मोरङमा एक महिलाको मृत्यु भएको छ। मन्त्रालयले हालसम्म प्रदेशमा संक्रमणबाट ७ सय ५ महिला र १ हजार ३ सय ७६ गरी कुल २ हजार ८१ जनाको मृत्यु भइसकेको छ।

असोज २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्