नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइलनमा

काठमाडौँ– नेपाल साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ।

बुधबार माल्दिभ्समा भएको खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपालले फाइनलको यात्रा तय गरेको हो।

खेलको ९ औँ मिनेटमा सुमन रेजाको गोलबाट बंगलादेशले सुरुवाती अग्रता लिएको थियो। तर नेपालले पेनाल्टीमार्फत खेलको ८८ औँ मिनेटमा बराबरी गोल फर्काउँदै उपाधि भिडन्त सुनिश्चित गरेको हो।

नेपालका लागि अन्जन विष्टले गोल  गरे।

साफ च्याम्पियनसिप फुटबलको इतिहासमा नेपालले पहिलो पटक फाइनलमा स्थान बनाएको हो।

आजै राति आयोजक माल्दिभ्स र भारतबीच खेल हुँदैछ। फाइनलमा स्थान बनाउन भारतलाई जित आवश्यक पर्नेछ भने माल्दिभ्सलाई बराबरी भए पुग्नेछ।

असोज २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्