हत्या अभियोगमा दुई जना पक्राउ

सांकेतिक तस्बिर

काठमाडौँ– नेपाल प्रहरीले सिन्धुलीको कमलामाई नगरपालिका–११ छतिवन बस्ने २१ वर्षीय विक्रम लामगादेको हत्या गरेको अभियोगमा दुई जनालाई मङ्गलबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३० वर्षीय मेखबहादुर जर्गा मगर र २५ वर्षीय दिनेश जर्गा मगर रहेका छन्।

दसैँँको फूलपातीका अवसरमा गाउँमा स्थानीय मिली राँगा काटी मासु भाग लगाउने क्रममा विवाद भइ झगडा हुँदा उनीहरुले विक्रमलाई दाउराको चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएको र विक्रमको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुली र ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो।

असोज २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्