दसैँ शुभकामना कार्यक्रमका लागि एमाले अध्यक्ष ओली झापामा

झापा – बडादसैँको शुभकामना आदानप्रदान कार्यक्रमका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा आइपुगेका छन्।

झापाको बिर्तामोडमा बिहीबार अपरान्ह उनकै आयोजनामा हुन लागेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन ओली झापा आइपुगेका हुन्।

शुभकामना कार्यक्रमका अतिरिक्त केही पारिवारिक भेटघाट कार्यक्रममा पनि ओली सहभागी हुने छन्।

ओलीले हरेक वर्ष नवमीका दिन झापामा चियापान कार्यक्रमको आयोजना गर्ने गरेका छन्।

अघिल्लो वर्ष कोभिड १९ का कारण स्थगित गरिएको कार्यक्रम यसपटक भने आयोजना गरिएको हो।

असोज २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्