आमचुनावका लागि जापानी प्रधानमन्त्रीले गरे संसद भंग

Fumio Kishida, former foreign minister of Japan, at his office in Tokyo, Japan, on Friday, Sept. 3, 2021. The Taiwan Strait may be the next major diplomatic problem after Chinas clampdown on Hong Kong, according to Kishida, currently the lone declared candidate to serve as the countrys next prime minister. Photographer: Shoko Takayasu/Bloomberg via Getty Images

जापानका प्रधानमन्त्री फुकिओ किशिदाले आगामी आमनिर्वाचनका लागि संसदको तल्लो सदन प्रतिनिधिसभा विघटन गरेका छन्।

जापानमा आगामी अक्टोबर ३१ तारिखमा संसदीय निर्वाचन हुने भएको छ। जापानी अधिकारीहरूले बिहीबार बसेको संसदको बैठक लगत्तै उक्त जानकारी दिएका हुन्।

सत्तारूढ एलडिपी (लिबरल डेमोक्रेटिक पार्टी)को पार्टी अध्यक्षको निर्वाचन जितेपछि फुकिओ किशिदा जापानका प्रधानमन्त्री नियुक्त भएका थिए।

किशिदाले जापानको प्रधानमन्त्रीमा नियुक्त भएको दिन अर्थात अक्टोबर ४ मा तुरून्तै नयाँ निर्वाचनको तयारी थाल्ने बताएका थिए।

असोज २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्