थप ४५५ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २ सय ६९ पुगेको छ।

बिहीबार ८०४ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १३ हजार ८५३ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ३ हजार ४ सय १८ पीसीआर तथा २ हजार ७९६ एन्टिजेन परीक्षण भएको छ।

असोज २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्