भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंह अस्पताल भर्ना

भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंह स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल  भर्ना भएका छन्।

उनलाई ज्वरो तथा कमजोरीको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ। डा. सिंह अस्पताल भर्ना भएपछि भारतका स्वास्थ्यमन्त्री मनसुख मन्डाविया अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सामाजिक सञ्जालमार्फत सिंहको स्वास्थ्यलाभको कामना गरेका छन्।

असोज २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्