कोसीमा नुहाउने क्रममा डुबेर युवतीको मृत्यु

सांकेतिक तस्बिर।

जनकपुरधाम – कोसीमा नुहाउने क्रममा डुबेर सप्तरीमा एक जना युवतीको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१२ की १८ वर्षीया प्र्रियंकाकुमारी देव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

बिहीबार करिब सावा ३ बजेको समयमा कोसीमा नुहाउने क्रममा देव डुबेकी थिइन्। उनलाई स्थानीयले देखेपछि नदीबाट निकालेर उपचारका लागि राजविराजमा पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

शव पोस्टमार्टमसमेत भइसकेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

असोज २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्