चाडबाडमा महँगियो फलफूल

फाइल तस्बिर

काठमाडौँ – नेपालीहरूको महान् चाड बडादसैँका बेला फलफूलको मूल्य अकासिएको उपभोक्ताले गुनासो गरेका छन्।

काठमाडौँ उपत्यकामा दसैँको नवौँ दिन (महानवमी) मा विभिन्न स्थानमा फलफूल किन्न पुगेका उपभोक्ताले फलफूलको मूल्य महँगो भएको गुनासो गरेका हुन्।

काठमाडौंको नयाँबानेश्वर, पुरानो बानेश्वरलगायत प्रमुख चोकमा फलफूल किन्न पुगेका उपभोक्ताले दसैँको कोसेलीका लागि फलफूल सजिलो रहेको तर मूल्य अत्यधिक बढेको बताएका छन्।

फलफूलको मूल्यमा एकरुपता नभएको भन्दै सरकारले चाडबाडको मुखमा समेत बजार अनुगमन नगरेको गुनासो गरेका छन्। एक साताअघि मात्र २ सय रुपैयाँमा किनेको स्याउको मूल्य २५० रुपैयाँभन्दा बढी पुगेको उपभोक्ताको गुनासो छ।

सरकारी पक्षले बजार नियमन नगरिदिँदा जथाभावी मूल्य बढाएर व्यापार गरिरहेको उपभोक्ता बताउँछन्।

फलफूल व्यापारीले भने चीनबाट फलफूल नआएकाले महँगो भएको बताएका छन् भने फलफूल बजार कुलेश्वरमा एउटै दरको बजार मूल्य नभइदिँदा पनि समस्या आएको बताएका छन्।

ब्यापारीले नेपालमा उत्पादित फलफूलले दुई महिना पनि बजार नधान्ने र बाहिरबाट सवारीसाधन नआउँदा केही महँगो भएको बताएका छन्।

असोज २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्