बंगलादेशमा अल्पसंख्यक हिन्दुमाथि हमलाः मन्दिर, घर तथा पसलहरुमा तोडफोड, तीन जनाको मृत्यु

बंगलादेशमा एक फेसबुक पोष्टका कारण भड्किएको हिंसापछि हिन्दु धार्मिकस्थलहरुमा तोडफोड हुनुका साथै अल्पसंख्यक हिन्दुहरुमाथि हमला भएको छ।

बंगलादेशको कोमिल्ला जिल्लामा एक दुर्गा पूजास्थलमा कुरानको अपमान गरिएको हल्ला फैलिएपछि  हिंसा भड्किएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

हिंसा भड्किएपछि उक्त क्षेत्रमा सुरक्षा तैनाथी बढाइएको छ। हिंसामा परी ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुई जना गम्भीर घाइते छन्।

प्रहरीका अनुसार कैयौँ हिन्दु मन्दिर, घर तथा पसलहरुमा तोडफोड भएको छ। तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ। उक्त क्षेत्रमा पहिलो पटक साम्प्रदायिक हिंसा भड्किएको हो।

सन् २०११ को जनगणना अनुसार बंगलादेशमा करिब साढे आठ प्रतिशत हिन्दु छन्। बंगलादेशका गृहमन्त्रीले उक्त घटनालाई गम्भीरताका साथ लिएको बताएका छन्।

असोज २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्