प्रदेश १ मा ५६ जना कोरोना संक्रमित थपिए, १४४ संक्रमणमुक्त

मोरङ– प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४४ जना कोरोना संक्रमणमुक्त भएका छन्। सामाजिक विकास मन्त्रालयका अनुसार ७३ महिला र ७१ पुरुष संक्रमणमुक्त भएका हुन्।

यसक्रममा झापामा ७०, मोरङमा ५६, सुनसरीमा १६, तेह्रथुम र इलाममा समान १ जना संक्रमणमुक्त भएका हुन्। यससँगै प्रदेशमा हालसम्म १ लाख २ हजार ८ सय ३४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

त्यसैगरि प्रदेशमा ५६ जनामा संक्रमण भएको पुष्टि भएको छ। मन्त्रालयले प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको ३ सय ८९ जनाको पीसीआर परीक्षणमा ५३ र ३१ जनाको एन्टिजेन परिक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको हो।

यसक्रममा पीसीआर परीक्षणमा मोरङमा ३०, सुनसरीमा १६, इलाममा २, धनकुटा, झापा, उदयपुरमा समान १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो।

मोरङको विराटनगरमा १०, बुढीगंगामा ७, सुन्दरहरैंचामा ५, कटहरीमा ३, केराबारी, बेलबारी, कानेपोखरी, लेटाङ र मिक्लाजुङमा समान १ जनाको रिपोर्ट पोजिटिभ देखिएको हो।

त्यसैगरि पहाडी क्षेत्रतर्फ इलाम नगरपालिकामा २, धनकुटा नगरपालिका र उवयपुरको बेलकामा समान १ जना र प्रदेश बाहिरबाट २ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरि, प्रदेशमा गएको २४ घण्टामा कोरोना संक्रमणबाट सुनसरी र झापामा समान १ जनाको मृत्यु भएको हो।

मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ७ सय ५ महिला र १ हजार ३ सय ७८ जना पुरुष गरि कुल २ हजार ८३ जनाको मृत्यु भएको छ।

असोज २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्