चीनमा लिंक्डइन बन्द गर्ने माइक्रोसफ्टको घोषणा

माइक्रोसफ्टले चीनमा आफ्नो सामाजिक सञ्जाल लिंक्डइन बन्द गर्ने भएको घोषणा गरेको छ ।

चिनियाँ सरकारका व्यवस्थाहरु पालन गर्न निकै चुनौतिपूर्ण बन्दै गएकाले बन्द गर्ने निर्णय गरिएको माइक्रोसफ्टले जनाएको छ ।

व्यवसायिक सञ्जाल निर्माणमा सहयोग गर्दै आएको लिंक्डइनमा केही पत्रकारहरुको प्रोफाइल ब्लक गर्ने सम्बन्धलाई लिएर प्रश्नहरु गरिएका थिए ।

लिंक्डइनले यहि वर्ष आफ्नो वेबसाइटको नयाँ संस्करण इनजब्स सार्वजनिक गर्ने छ र त्यसमा सोसल फिड हुने छैन । सामग्री साझा वा पोस्ट गर्ने व्यवस्था हुने छैन।

चीनमा लिंक्डइन सञ्चालनका लागि निकै चुनौतिको सामना गर्नु परेको लिंक्डइनका सिनियर भाइस प्रेसिडेन्ट मोहक श्रफले उल्लेख गरेका छन् ।

लिंक्डइनको सट्टा चीनका लागि रोजगारी सम्बन्धी मात्रै वेबसाइट इनजब्स सुरु गर्ने उल्लेख गरिएको हो ।

असोज २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्