सञ्चारमन्त्री र श्रममन्त्रीबाट टीका ग्रहण 

दमौलीस्थित निवासमा आमाको हातबाट दसैँ टीका ग्रहण गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ । तस्वीर : कृष्ण न्यौपाने/रासस

काठमाडौँ सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र श्रममन्त्री कृष्णकुमार श्रेष्ठले विजयादशमीको टीका ग्रहण गरेका छन्।

सञ्चारमन्त्री कार्कीले  आमा अम्बिकादेबी कार्कीबाट टीका र जमरा ग्रहण गरेका हुन्। पुल्चोकस्थित मन्त्री निवासमा आज बिहान १० बजेर २ मिनेटको शुभसाइतमा सञ्चारमन्त्री कार्कीले टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन्।

सञ्चारमन्त्रीले परिवारका सदस्य र आफन्तजनमाझ दसैँको टीका लगाएको उनका स्वकीय सचिव रामजी थापाले जानकारी दिए। कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गरी आवश्यक स्वास्थ्य सावधानी अपनाएर मन्त्री निवासमा सीमित सङ्ख्याको उपस्थितिमा टीका लगाइएको छ।

त्यस्तै श्रममन्त्री श्रेष्ठले तनहुँके दमौलीस्थित निवासमा आमाको हातबाट दसैँके टीका ग्रहण गरेका छन्।

असोज २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्