थप २७२ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २ सय ७७ पुगेको छ।

शुक्रबार ७७७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १३ हजार ३०८ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा २ हजार ९२ पीसीआर तथा २ हजार ६२० एन्टिजेन परीक्षण भएको छ।

असोज २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्